• २०८१ बैशाख १५ शनिबार

काबुल विमानस्थलममा विष्फोटको गराउने आइएसआईएस नेता मारिए

kharibot

काबुल । काबुल अन्तर्राष्ट्रिय बिमानस्थलममा २०२१ को आत्मघाती बम विष्फोटको गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सिएनएनले जनाएको छ। उसका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन् । 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती बिष्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक संचारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टी गरेका छन । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भने । 

तर, किर्बीले तालिबानले आइएसआईएसका नेतालाई कहिले मारे ? भन्ने बारेमा कुनै जानकारी भने दिएनन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय