• २०८१ बैशाख १३ बिहीबार

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने

kharibot

काठमाडौँ । नेपालको डिजीटल बिकासमा  उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने  सम्झौता गरेका छन् ।

जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक  चरणमा, इसेवाले आफ्नो एपमा 'घर सराई सेवा' समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ । 

असोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उपलब्ध गराउने छ ।

उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने- 'यो  साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।' 

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने- 'इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ।' 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै