• २०८१ बैशाख ८ शनिबार

उपाय सिटी कार्गोको विराटनगरमा सेवा विस्तार

kharibot

काठमाडौँ । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म, उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने लक्ष्य लियको उपाय सिटी कार्गोले हाल सम्म काठमाण्डौं, बुटबल, भैरहवामा आफ्नो सेवा बिस्तार गरि, सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको छ । सोहि प्रक्रिया अन्तर्गत प्रदेश १ मा ब्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर, बिराटनगरबाट आफ्ने सेवाको विस्तार गर्ने जानकारी यस कम्पनीका मेनेजिङ्ग डाइरेक्टर सुमन रायमाझीले बताएका छन् ।

नेपालमै पहिलो पटक ढुवानी सेवा अनलाईन प्रविधि मार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । ग्राहकहरुले ढुवानी सेवा लिनका लागि मोबाईलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरि आफ्नो विवरण राखेर साइन अप गर्नु पर्नेछ । एस बाहेक ग्राहकले  रिक़ुएस्ट वेबसाइट, कलसेन्टर अथवा इमेल गरेर समेत सेवा लिन सकिने छ । ग्रहाकको  रिक़ुएस्ट आएपछि एपमा आवद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जानेछ । त्यसपछि चालकले आफै रिक़ुएस्ट एक्सेप्ट गर्न मिल्लनेछ ।

उपाय सिटी कार्गोको ढुवानी सेवा बिराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म पुयाउने कामको थालनी  दुई महिना अगाडीदेखि नै सुरु गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिएका छन् । यसका साथै उहाँले हालसम्म २०० सवारीका चालकलाई यस बारेमा जानकारी गराएको कुरा पनि जानकारी गराएका छन् । हालसम्म  यहाँ देशभर बाट  तीन सय चालक, सात सय संस्थागत सेवाग्राही, र व्यक्तिगत रुपमा सेवा लिनेको संख्या पनि ठुलो रहेको छ । 

नेपालमा सस्तो, सजिलो र भरपर्दो ढुवानी सेवा प्रधान गर्ने उदेश्य लिएको उपाय सिटी कार्गो मार्फत दुई किलोमिटर दुरीसम्म सामान ढुवानीका लागि ६०० रुपिँया लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने कुरा विराटनगरका लागि फ्रेन्चआईच पार्टनर दाहालले बताए । 

उपाय सिटी कार्गोको औपचारिक शुभारम्भ कार्यक्रमक प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अब ट्रेडिङका सामान एक स्थानबाट अर्को स्थानमा पुयाउने वैधानिक र संगठित कम्पनीको सुविधा शहरमा भित्रिएको जानकारी गराएका थिए । उनले सूचना र र प्रविधिको प्रयोग गरि ढुवानी क्षेत्रमा नयाँ सोच सहित विराटनगरमा आएको उपाय सिटी कार्गो स्वागत अनि प्रसंसा पनि गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै