• २०८१ फाल्गुण १७ शनिबार

ह्वाइटहाउसमा जेलेन्स्कीलाई ट्रम्पले थर्काएपछि...

kharibot

काठमाडौँ । ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पले अपमानजनक व्यवहार गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले अमेरिकाले गरेको सहयोगप्रति कृतज्ञता प्रकट नगरेको भन्दै तनावपूर्ण बहस गरेका थिए ।

बहस उपराष्ट्रपति जेडी भेन्ससँग शुरु भएको थियो । ट्रम्प र भेन्स जेलेन्स्कीमाथि दबाब सिर्जना गर्दै मिडियाको अगाडी आफ्नो मुद्धा उठाउन खोजेको आरोप लगाएका थिए ।

ट्रम्पले तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको बन्दै जेलेन्स्कीलाई तिमि राम्रो स्थितिमा छैनौं भन्दै थर्काएका थिए ।

ट्रम्पले बोलिरह्दा जेलेन्स्कीले असहज महसुस गरेको स्पष्ट देखिन्थ्यो । तर जेलेन्स्कीले ट्रम्पकै अगाडी आफ्नो कुरा स्पष्ट राखेका थिए । जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिजमा साझेदारी गर्न तयार रहेको तर त्यसको बदला सुरक्षा ग्यारेन्टी चाहेको बताएका थिए । तर ट्रम्पले पत्रकारले युक्रेनको सुरक्षाको विषयमा सोधेको प्रश्नको जवाफमा आफु पहिलो युक्रेनसँगको डिलमा बढी केन्द्रित रहेको र डिल भएपछि युक्रेनको सुरक्षाको विषयमा छलफल गर्ने बताए ।

अमेरिका र युक्रेन दुर्लभ खनिजसम्बन्धि सम्झौता गर्न यसअघि नै सहमत भएको रिपोर्ट बाहिर आएका थिए । ट्रम्प र जेलेन्स्कीले आजै थप छलफल गर्ने र अमेरिकासँग खनिज सम्झौता गर्ने बताएका छन् । 

यस अघि पनि ट्रम्पले खनिज सम्झौतामा यसअघि जेलेंस्की तयार नभएपछि उनीप्रति व्यक्तिगत रुपमा आक्रमण गर्दै रुसको पक्षमा बोल्न थालेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै