• २०८१ बैशाख २३ आइतबार

कुमारी बैंक र उपाय सिटी कार्गोबिच डिजिटल भुक्तानी प्रणाली प्रवर्धन गर्न सहकार्य

kharibot

काठमाडौँ । नगदमा आधारित कारोबार तथा भुक्तानीलाई नगद्रहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ ।

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझीको र एफवान सफ्ट इन्टनेशनलका विश्वास ढकाल र युके एड अन्र्तगतको सीप का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्यएवं प्रतिनिधिको बीच यो सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो। 

उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यूआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझव्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई त्तच् सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवा सुविधाहरु प्रदान गर्ने भएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ । 

हाल सीमितरुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापकरुपमा विस्तार भईरहेको छ ।

आफ्नो डिजिटल सामथर्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै