• २०८१ फाल्गुण १७ शनिबार

ह्वाइटहाउस पुगे जेलेन्स्की, ट्रम्पले गरे स्वागत

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । केहीबेर अघि मात्र ह्वाइट हाउस पुगेका जेलेन्स्कीलाई अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीको ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछिको पहिलो अमेरिका भ्रमण हो । यस भ्रमणमा ट्रम्पले उठाउदै आएको युक्रेन-रुस युद्धको अन्त्यको एजेण्डामा महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

साथै ट्रम्पले युक्रेनलाई सहयोग गर्न युक्रेनी खनिजमा आफ्नो अधिकार बारेको सम्झौता समेत हुनसक्ने बताइएको छ । अमेरिका र युक्रेन दुर्लभ खनिजसम्बन्धि सम्झौता गर्न यसअघि नै सहमत भएको रिपोर्ट बाहिर आएका थिए । जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएपनि युक्रेनको सुरक्षाको विषयमा स्पष्ट सहमति अझै नभएको बताउदै आएका छन् । ट्रम्पले खनिज सम्झौतामा यसअघि जेलेंस्की तयार नभएपछि उनीप्रति व्यक्तिगत रुपमा आक्रमण गर्दै रुसको पक्षमा बोल्न थालेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै