• २०८१ बैशाख २४ सोमबार

उपाय सिटी कार्गोको बदलियो लोगो

kharibot

काठमाडौँ । उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ । यस सँगै यो कम्पनी अब अब उपाय सिटी कार्गो, 'उपाय' को नामले चिनिने छ।

उपायका प्रबन्ध निर्देशक समन रायमाझीले  पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पुनः डिजाईन गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने 'हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो । उपाय आफ्नो डेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेधारहरुको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठुलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ।'

उनका अनुसार निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको छ । नयाँ लोगोमा तिनवटा माईल रहेको र यसले उपायको पूर्ण वानीको प्रकृयालाई चित्रण गरेको उनले बताए ।

उनी भन्छन्- 'पहिलो माईल डेलिभरी, जुन ढुवानी प्रकृयाको शुरुवात हो, मध्य माईल डेलिभर, जहाँ सामान गन्तव्यसम्म पु-याउनको लागि गरिने कार्यलाई जनाउछ । अन्तिम माईल डेलिभरीले सामान गन्तव्यमा सुरक्षित रूपमा पुगेको जनाउँछ ।'

नेपालमा ब्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

नयाँ लोगोले उपायलाई एक विश्वसनिय र गुणस्तरिय सेवा प्रदायकका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै