• २०८१ फाल्गुण १७ शनिबार

ग्यालेक्सी युवा क्लबको सरसफाई अभियान जारी, जीतपुर चोकमा नेपाली झण्डा राखियो

kharibot

काठमाडौँ । कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको छ ।

क्लबले माघ ५ गते शनिबारदेखि शुरु गरेको सरसफाई अभियान अन्तर्गत बाणगंगा नगरपालिका क्षेत्रमा हरेक शनिबार सरसफाई गर्दै चार नम्बर, जीतपुर चोकमा रहेको टावरमा नेपाली झण्डा पनि राखेको छ ।

क्लबकी सचिव भावना बेलबासेले यो अभियान बारे विस्तारै जानकारी हुदै गरेको र सहभागिता पनि बढ्दै गएको बताएकी छन् । नयाँ क्लब भएकाले अहिले सदस्यको विस्तार गर्ने र नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको उनले बताइन् । 

समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध लड्न तथा समाजमा रहेका दुखि गरिबको सेवा गर्दै प्राकृतिक विपदको सहयोगी हात बन्न स्थापना गरिएको क्लबले स्थानीय युवा, व्यवसायीहरुको सहभागिता हाल सरसफाई अभियान चलिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै