काठमाडौं । महिला युरो च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् ।
आज पहिलो सेमिफाइनलमा स्विडेन र इङल्याण्ड भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ मा शुरु हुने छ ।
स्विडेन अहिलेसम्म यो सहित ११ पटक महिला युरो कप खेलिरहेको छ, जसमा एक पटक सन् १९८४ मा उपाधि जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।
त्यसैगरी इङल्याण्ड भने यस अघि २ पटक १९८४ र २००९ मा उपविजेता बनेको थियो । १९८४ को फाइनलमा स्विडेनले फाइनलमा इङल्याण्डलाई पराजित गरेर उपाधि जितेको थियो । इङल्याण्ड यो सहित नवौं पटक महिला युरोकप खेलिरहेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल फ्रान्स र जर्मनीबीच जुलाई २८ मा हुदै छ ।