काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।
मुर्मु विपक्षी दलहरुका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई पराजित गर्दै भारतको राष्ट्रपति पदमा विजयी भएकी हुन् ।