• २०८१ बैशाख १७ सोमबार

बीजेपीले द्रौपदी मुर्मुलाई बनायो राष्ट्रपतिको उम्मेदवार

kharibot

काठमाडौँ । भारतको राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल भारतीय जनता परीले ओडिशाकी आदिवासी नेता द्रौपदी मुर्मुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिजेपीसहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बाट राष्ट्रपतिको उम्मेदवारको रुपमा मुर्मुलाई अगाडी सारेको हो । मुर्मुले अब आम विपक्षी उम्मेदवार यशवंत सिन्हाको सामना गर्नेछिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मंगलबार पार्टीको संसदीय बोर्ड बैठकमा मुर्मुको नामको घोषणा गरिएको हो । मुर्मु झारखण्डको पहिलो आदिवासी महिला गभर्नर हुन् ।

बैठकपछि भाजपा अध्यक्ष जेपी नड्डाले उनको नाम घोषणा गरेका थिए । पाँच वर्षअघि दलितलाई देशको सर्वोच्च पदमा पुर्याएपछि भाजपाले अब आदिवासी महिलालाई राष्ट्रपति पदमा अगाडी सारेर महत्वपूर्ण राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ । 

राष्ट्रपति निर्वाचनमा भोटको अंकगणित एनडीएको पक्षमा छ । 

यसअघि, मंगलबार नै संसद भवन एनेक्सीमा एनसीपी अध्यक्ष शरद पवारको नेतृत्वमा भएको बैठकमा पूर्व बीजेपी नेता र अहिले तृणमूल कांग्रेसका उपाध्यक्ष यशवन्त सिन्हालाई विपक्षीहरूले संयुक्त उम्मेदवारको रूपमा छानेका थिए ।

बैठकमा कांग्रेस सहित तृणमूल, एनसीपी, सीपीआई (एम), सीपीआई, एसपी, नेशनल कन्फ्रेन्स, एआईएमआईएम, आरजेडी र एआईयूडीएफ सहभागी थिए ।

तर विपक्षीहरुको बैठकमा महत्वपूर्ण मानिएका टीआरएस, बिजेदी, आप, एकलाई दल र वाइएसआरसीपी लगायतका दलहरु भने अनुपस्थित रहेको बताइएको छ ।

को हुन् द्रौपदी मुर्मु

ओडिशामा जन्मिएकी मुर्मु पूर्व गभर्नर हुन् । राजनीतिक करियर पार्षदबाट सुरु भयो भने सन् २००० मा पहिलो पटक विधायक बनेकी थिइन् । 

त्यस्तै अर्का उम्मेदवार यशवन्त सिन्हा पटनामा जन्मिएका पूर्व आईएएस अधिकारी हुन् । उनी बाजपेयी नेतृत्वको सरकारका वित्तमन्त्री हुन् भने २०१८ मा विजेपी छोडेका थिए । पछि उनि तृणमूल कांग्रेसमा प्रवेश गरे र हाल उपाध्यक्ष छन्, यद्यपी राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति निर्वाचन हुदै छ भने उम्मेदवारको मनोनयन यहि जुन २९ मा हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै