• २०८१ बैशाख १७ सोमबार

द्रौपदी मुर्मूले लिइन् भारतको राष्ट्रपतिको शपथ

kharibot

काठमाडौँ । द्रौपदी मुर्मुले सोमबार भारतको १५औँ राष्ट्रपतिको रुपमा शपथ लिएकी छन् ।

द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश एनभी रमन्नाले सपथ ग्रहण गराएका हुन् । द्रौपदी मुर्मु भारतको दोस्रो महिला राष्ट्रपति र पहिलो आदिवासी राष्ट्रपति हुन् ।

मुर्मुले बिहान १०: १५ बजे संसद भवनको केन्द्रीय हलमा पुगेर देशको सर्वोच्च संवैधानिक पदको शपथ लिएकी थिइन् । उनलाई २१ तोपको सलामी दिइएको थियो ।

यसअघि उनी राष्ट्रपति भवन पुगिन्, जहाँ उनले निर्वतमान राष्ट्रपति रामनाथ कोविन्द र उनकी पत्नीलाई भेट गरेकी थिइन् । दुवैले मुर्मुलाई बधाई दिएका थिए । राष्ट्रपति भवन जानुअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

मुर्मुको शपथ ग्रहण कार्यक्रममा उनको राज्य ओडिशाबाट ६४ विशेष अतिथि आएका थिए । शपथपछि राष्ट्रपति भवनमा विशेष अतिथिका लागि दिवाभोजको आयोजना गरिएको छ । त्यसपछि सबैलाई सम्पूर्ण भवन घुमाइनेछ । राष्ट्रपति द्रौपदी मुर्मुको सपथ समारोहमा देशका सर्वोच्च पदका व्यक्तिहरु सहभागी भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै