• २०८१ बैशाख २० बिहीबार

जोकोभिच विम्बल्डनको फाइनलमा

kharibot

काठमाडौँ । सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन ओपनको पुरुष सिंगल्सको फाइनलमा बेलायतका क्यामरुन नोरीलाई पराजित गरेका छन् ।

गत वर्षको उपविजेता र ६ पटकको विम्बल्डन च्याम्पियन जोकोभिचले आठौं पटक फाइनलमा स्थान बनाएका छन् । उनले चार सेटको खेलमा क्यामरुन नोरीलाई २-६, ६-३, ६-२, ६-४ ले हराए। यो जितसँगै जोकोभिचले महान स्वीस टेनिस खेलाडी रोजर फेडेररको कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

जोकोभिच ओपन एरा (१९६८ यता) मा ३२औं पटक ग्रान्ड स्लामको फाइनलमा पुगेका छन् । पुरुष एकल प्रतियोगितामा उनी सबैभन्दा धेरै फाइनल खेल्ने सूचीको शीर्ष स्थानमा पुगेका छन् । जोकोभिचले फेडेररलाई पछि पारे । फेडेरर ३१ पटक ग्रान्डस्लामको पुरुष सिंगल्सको फाइनलमा पुग्न सफल भएका छन् । चोटका कारण उनी लामो समयदेखि टेनिस कोर्टबाट टाढा छन् ।

जोकोभिच र किर्गियोसबीच फाइनल 

जोकोभिचले आइतबार (जुलाई १०) हुने फाइनलमा अष्ट्रेलियाका निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेटमा नोरीले जोकोभिचलाई झट्का दिएपनि जोकोभिच त्यसपछि खेलमा फर्किएका थिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन सेट जितेका थिए । पहिलो सेटपछि नोरी लयमा देखिएनन् । 

किर्गियोसले वाकओभर पाए 

किर्गियोसले पहिलो पटक कुनै ग्रान्डस्लामको फाइनल खेल्नेछन् । पेटको समस्याका कारण सेमिफाइनलअघि नै राफेल नाडालले खेल फिर्ता लिएका थिए । नाडाल पछि हट्दा किर्गियोसले वाकओभर पाए । पेटको समस्या भए पनि नाडालले क्वार्टरफाइनल खेलेका थिए र कठिन जित हात पारे पनि सेमिफाइनल खेलअघि नै प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका थिए । योसँगै नाडाल २३औं पटक ग्राण्डस्लाम जित्नबाट बञ्चित भएका छन् ।

नाडालले आफ्नो करियरको २३औं ग्रान्डस्लाम जित्ने मौका पाएका थिए । योसँगै उनले करियरको ग्राण्डस्लाम पनि पूरा गर्न सके तर चोटले उनको सबै सपना चकनाचुर पारेको छ । सन् २००३ मा डेब्यु गरेका राफेल नाडाल करियरमा १६औं पटक चोटका कारण ग्रान्डस्लामबाट बाहिरिएका छन् । ११ पटक उनी चोटका कारण प्रतियोगितामा सहभागी हुन सकेनन् भने पाँच पटक चोटका कारण प्रतियोगिताबाट बाहिरिनु परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै