• २०८१ बैशाख १५ शनिबार

जोकोभिचलाई हराउदै सिनर अस्ट्रेलियन ओपनको फाइनलमा

kharibot

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् ।

शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुदै प्रतियोगताबाट बाहिरिएका हुन् ।

विश्व वरियतामा चौथो स्थानमा रहेका सिनरले  जोकोभिचलाई ६–१, ६–२ ले पराजित गर्दै शुरुका दुई सेट जितेका थिए ।  त्यसपछि जोकोभिचले तेस्रो सेटमा  ७–६ (८–६) ले जित निकाल्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर, चौथो सेट सिनरले ६–३ ले जिते हासिल गरेपछि १० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिच स्तब्ध भएका थिए । 

यो जितपछि २२ बर्षिय सिनर पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका छन् । 

अब सिनरले उपाधिका लागि रसियाका ड्यानिल मेड्भेडेब र जर्मनीका एलेजान्डर जेभरेभबीचको विजेतासँग खेल्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै