• २०८१ बैशाख १५ शनिबार

लगातार दोस्रो बर्ष अस्ट्रेलियन ओपन विजेता बनिन् सबलेन्का

kharibot

काठमाडौँ । आरयना सबलेन्काले लगातार दोस्रो बर्ष अस्ट्रेलियन ओपन जितेकी छन् ।

बेलारुसकी विश्व नम्बर २ सबलेन्काले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल खेलिरहेकी चीनकी २१ वर्षीय छिनवेनलाई ६–३ र ६–२ को सोझो सेटले पराजित गर्दै उपाधि जितेकी हुन् ।

उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसक्रममा सबलेन्का सन् २०१३ यता लगातार अस्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । त्यस अगाडि भिक्टोरिया अजरेन्काले लगातार अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

प्रतियोगिताको तेस्रो चरणमा विश्व वरीयताको नम्बर १ खेलाडी इगा स्वाटिक पराजित भएपछि २५ वर्षीय सबलेन्का उपाधिका लागि प्रमुख दाबेदार मानिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै