काठमाडौं । नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् ।
मंगलबार क्वाटरफाइनलमा अमेरिकाका टेलर फ्रिट्जलाई ३-१ को सेटमा पराजित गर्दै जोकोभिचले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । जोकोभिचले पहिलो सेट ७–६ (७–३) ले जितेका थिए भने दोस्रो सेट फ्रिट्जले ६–४ ले जितेर खेलमा कमब्याक गरेका थिए । तर त्यसपछिका दुई सेट जोकोभिचले ६–२, ६–३ ले सहज रुपमा जितेर आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गरेका थिए ।
हाल विश्व नम्बर एक तथा अस्ट्रेलिया ओपनका डिफेन्डिङ च्याम्पियन समेत रहेका जोकोभिचले अब सेमीफाइनलमा इटालीका जानिक सिनर र एन्डी रुभलेभबीचको विजेतासँग खेल्नेछन् ।
त्यस्तै महिला सिंगलतर्फ अमेरिकाकी यूएस ओपन च्याम्पियन १९ वर्षीय कोको गौफ र आर्यना साबालेन्का सेमिफाइनलमा पुगेका छन् । गौफले अब फाइनल प्रवेशका लागि साविक विजेता आर्यना साबालेन्काविरुद्ध खेल्ने छिन् ।