• २०८१ बैशाख १५ शनिबार

सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

kharibot

काठमाडौं । विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस बर्षको अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले रसियाका डानिल मेडभेडेभलाई ३-२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ बर्षिय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो । 

उनले यस अघि सेमिफाइनलमा विश्वका नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै