काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा सुरु भएको छ ।
उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको र मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भए पनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, समुद्री सतहबाट २५ सय ५१ मिटरको उचाइमा रहेको काठमाडौंको चन्द्रागिरिमा आज बिहानैदेखि हिमपात भएको छ ।
चन्द्रागिरिमा भएको हिमपातका केही तस्बिरहरु :