• २०८१ बैशाख १४ शुक्रबार

ब्राजिलका फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

kharibot

काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् ।

ब्राजिललाई २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् ।

३७ वर्षीय रोनाल्डिन्हो २०१५ देखि सक्रियरुपमा फुटबल मैदानमा नदेखिएका रोनाल्डिन्होले अहिले आएर मात्र सन्यासको घोषणा गरेका हुन् । 

सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका उनले सन् २००५ मा बेलुन डो अर अवार्ड जितेका थिए । उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले मंगलबार रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । उनी सन् २००१ मा ग्रिमिओबाट फ्रेन्च क्लब पिएसजी गएका थिए । सन् २००३ मा पिएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पाँच वर्षको अवधिमा दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

सन् २००८ मा इटालियन क्लब एसी मिलान गएका उनी सन् २०११ सम्म मिलानमा व्यवसायिक फुटबल खेलेका थिए । उनले सन् २०१०–११ को सिजनमा सिरी ए फुटबलको उपाधि जितेका रोनाल्डिन्होले सन् २०११ मा उनी ब्राजिलियन क्लब फ्लामेन्गो गएका थिए ।

रोनाल्डिन्हो त्यसपछि एथ्लेटिको मिनेइरो, मेक्सिकोको क्वेरितारो तथा फ्लुमिनेन्सेबाट पनि खेलेका थिए ।

ब्राजिलको राष्ट्रिय टिमबाट ९७ खेल खेलेका उनले ३३ गोल गरेका छन् । क्लब फुटबलमा रोनाल्डिन्होले बार्सिलोनाबाट सर्वाधिक १४५ खेल खेल्दै ७० गोल गरेका छन् भने पिएसजीका लागि ५५ खेल खेल्दै १७ गोल गरेका छन् । त्यस्तै उनले एसी मिलानका लागि ७६ खेल खेल्दै २० गोल गरेका छन् । 

रोनाल्डिन्होले क्लब क्यारियरमा कुल ७२८ खेल खेल्दै २८० गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै