• २०८१ बैशाख १८ मंगलबार

प्राचीन मूर्ति तथा थांका संरक्षण तालिम धुलिखेलमा सञ्चालन

kharibot

धुलिखेल । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा प्राचीन मूर्ति तथा थांका संरक्षण तालिम काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि शुरु भएको छ । 

संस्कृतिको संरक्षण तथा सीप सिकेर पेशाका रुपमा अगाडि बढाउन टेवा पु¥याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । कार्यक्रममा समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले लोप हुँदै गएको मूर्ति र थांकाको संरक्षण तथा सीप विकास गरी सो क्षेत्रमा लागेकाहरुको व्यावसायिक विकासका लागि तालिमको आयोजना गरिएको जानकारी दिए । 

समाजसेवी शंखबुद्ध लामाले गाउँघरको गुम्बामा भएका टुटेफुटेका मूर्तिको संरक्षणको अभाव खट्किरहेको बेला तालिमले ठूलो सहयोग पुग्ने बताए । तालिममा काभ्रेपलाञ्चोक, रामेछाप, रसुवा, मकवानपुर र सिन्धुपाल्चोकका २५ तामाङ समुदायका व्यक्तिको सहभागिता छ । सत्र दिनसम्म चल्ने तालिम आगामी माघ ३ गते समापन हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय