• २०८१ बैशाख १७ सोमबार

सुधा मूर्ति बनिन् भारतको राज्य सभा सांसद

kharibot

नयाँ दिल्ली । प्रसिद्ध लेखिका तथा सामाजिक कार्यकर्ता सुधा मूर्ति राज्यसभा सांसद बनेकी छन् । सुधा मूर्ति प्रसिद्ध व्यापारी र इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिकी पत्नी हुन् भने बेलायती प्रधानमन्त्री ऋषि सुनक उनका ज्वाइँ हुन् ।

सुधालाई राष्ट्रपति द्रौपदी मुर्मुले सुधा मूर्तिलाई राज्यसभाका लागि मनोनीत गरेकी हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमार्फत यसको जानकरी दिएका हुन् ।

मोदीले राज्यसभामा सुधाको उपस्थिति महिला शक्तिको सशक्त प्रमाण भएको बताउदै उनका सामाजिक कार्य, परोपकार र शिक्षाको क्षेत्रमा उनको योगदान प्रेरणादायी रहेको बताएका छन् ।

राज्यसभामा मनोनीत भएपछि सुधा मूर्तिले भनिन्– ‘म खुसी छु, तर अहिले मलाई ठूलो जिम्मेवारी दिइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले मेरो कामको प्रशंसा गरेका थिए । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु कि अब मैले गरिबहरूलाई मद्दत गर्न ठूलो प्लेटफर्म पाएको छु ।'

उनले भनेकी छन्- 'म आफूलाई राजनीतिज्ञ ठान्दिनँ । म एक मनोनीत राज्यसभा सदस्य हुँ । मेरो ज्वाइँको राजनीति उसको देशको लागि फरक छ र मेरो काम फरक छ ।

सुधा कन्नड र अंग्रेजी साहित्यमा उनको योगदानका लागि परिचित छिन् । उनले विभिन्न विधामा ३० भन्दा बढी पुस्तक लेखेका छन् । उनका पुस्तकहरू धेरै भाषाहरूमा अनुवाद भएका छन् । उनका केही प्रसिद्ध पुस्तकहरूमा द मदर आई नेभर न्यु, थ्री थाउजन्ड स्टिच, द म्यान फ्रम द एग, र म्याजिक अफ द लस्ट टेम्पल समावेश छन् ।

सुधाका धेरै पुस्तकहरू उनको वास्तविक जीवनका अनुभवहरूमा आधारित छन् । लेखक हुनुका साथै सुधा शिक्षक र इन्फोसिस फाउन्डेसनकी पूर्व अध्यक्ष पनि भइसकेकी छिन् । सुधा मूर्तिलाई उनको सामाजिक कार्यको लागि २००६ मा पद्मश्री र २०२३ मा भारतको तेस्रो सर्वोच्च नागरिक पुरस्कार पद्मभूषणबाट सम्मानित गरिएको छ ।

सुधा मूर्तिको जन्म १९ अगस्ट १९५० मा कर्नाटकको हावेरीमा ब्राह्मण परिवारमा भएको थियो । उनका बुबा आरएच कुलकर्णी सर्जन थिए। उनकी आमा विमला कुलकर्णी स्कूल शिक्षिका थिइन् ।

सुधा मूर्तिले सन् १९७८ मा नारायण मूर्तिसँग विवाह गरिन् । उनीहरुका दुई सन्तान छन्– अक्षता मूर्ति र रोहन मूर्ति । अक्षता मूर्ति बेलायती प्रधानमन्त्री ऋषि सुनककी पत्नी हुन् । रोहन मूर्ति अमेरिकी सफ्टवेयर कम्पनि सोरोकोका संस्थापक हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै