आइसिसी महिला क्रिकेट विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ । आइतबार इंग्ल्याण्डको लर्ड्समा भएको फाइनल खेलमा भारतलाई ९ रनले हराएउदै इंग्ल्याण्डले उपाधि उचालेको हो ।
दुई सय २९ रनको लक्ष्य पछ्याएको भारतले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय १९ रनमात्रै बनाएपछि इंग्ल्याण्ड ९ रनले विजयी भएको हो । खेलमा भारतका लागि पुनम राउतले ८६, हरमनप्रित कौरले ५१ तथा वेदा कृष्णमुर्तीले ३५ रनको योगदान दिएका थिए । इंग्ल्याण्डक लागि एन्या श्रब्सोलले ६ विकेट लिदै उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलिन् ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । उसका लागि नाटली साइबरले ५१ तथा सारा टेलरले ४५ रन बनाइन् ।