• २०८१ बैशाख १९ बुधबार

युरोकप २०१६ मा इंग्ल्याण्डलाई हराएको आइसल्याण्ड विश्वकपमा छनौट 

kharibot

काठमाडौँ । आइसल्याण्ड रसियामा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । 

युरोपियन क्षेत्रको समूह ‘आई’ मा रहेको आइसल्याण्डले छनौट चरणको अन्तिम खेलमा सोमबार राति कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो ।

आइसल्याण्डको जितमा ४०औं मिनेटमा गिल्फी सिगडर्सन्  र ६८औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे । आइसल्याण्डले छनौट चरणका १० मध्ये ७ खेल जितेको छ । 

आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनौट भएको हो । योसँगै आइसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश हो । आइसल्याण्डले युरोकप २०१६ मा इंग्ल्याण्डलाई हराएर चर्चामा आएको थियो ।

तीन लाख ३५ हजार मात्रै जनसंख्या भएको सानो देश आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा कम जनसंख्या भएको देश पनि बनेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै