काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले २४ लाख र काँग्रेसले २३ लाख मत कटाएका छन् । त्यस्तै फोरमले पनि ३ लाख मत कटाएको छ । राजपा र राप्रपा थ्रेस होल्ड कटाउन संघर्षरत देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ । त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।
बुधबार राति ९:३० बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- २४०३०५७
२. नेपाली कांग्रेस- २३१६६०६
३. माओवादी केन्द्र – ९४४९६२
४. फोरम – ३३८०८६
५. राजपा – २६०७४५
६. राप्रपा – १५७६०३
७. विवेकशील –१५७४९३
८. नयाँ शक्ति – ६४५७२
९. राप्रपा प्रजातान्त्रिक – ५७४०५
१०. जनमोर्चा – ३८७६७