• २०८१ जेठ ६ आइतबार

फिल्म निर्देशनमा प्रकाश सपूत

kharibot

काठमाडौं । गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् । 

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको फिल्म बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा प्रकाश आफै रहने छन् भने उनको अपोजिटमा स्वस्तिमा खड्का हुने बताइएको छ । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको निर्देशन पनि प्रकाश सपुत आफैँले गर्दै छन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । 

चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् । सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । उनले फिल्म‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् । आफ्नो फिल्म अघि यस फिल्मको छायांकन सक्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै