• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा बढ्यो कारोबार : सातामा तीन अर्ब बढीको सेयर खरिदबिक्री

kharibot

काठमाडौं । यो साता सेयर कारोबार रकम बढेको छ । अघिल्लो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३ हजार चार सय ९९ कारोबारबाट दुई अर्ब २३ करोड ७७ लाख ५३ हजार रुपैयाँ बराबरका ५४ लाख ७४ हजार तीन सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

तर यो साता भने नेप्से सूचक तथा कारोबार रकम दुुबै नै बढेको छ । नेप्सेमा यो साता तीन अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुुल एक सय ६० कम्पनीहरुको झण्डै ४० हजार वटा कारोबारमा ६० कित्ताको हाराहारीमा सेयर खरिद खरिद बिक्री हुंदा उक्त परिमाणमा रकम कारोबार भएको हो । यो साता स्टकको नियमित कारोबार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो ।

साताको सुरुवाती दिनमा नेप्से १५ सय १४ दशमलव ३४ अंकमा कायम रहेकोमा अन्तिम दिनसम्म नेप्से बढेर १५ सय ३७ दशमलव ६७ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि पहिलो दिन तीन सय १९ दशमलव १५ अंकमा पुुगेकोमा अन्तिम दिनसम्म बढेर तीन सय २४ दशमलव २६ अंकमा पुुगेको थियो ।

सो मध्ये पहिलो कारोबार दिन आईतबार नेप्से २१ दशमलव पाँच अंकले बढेर १५ सय १४ दशमलव ३४ अंकमा पुुगेको थियो भने सेन्सिटिभ पनि सो दिन चार दशमलव ७२ अंकले बढेर तीन सय १९ दशमलव १५ अंकमा पुुगेको थियो । सो दिन कुुल एक सय ५५ कम्पनीहरुको पाँच हजार छ सय ४१ वटा कारोबारमा १० लाख ७४ हजार एक सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५९ करोड चार लाख ४४ हजार नौ सय ११ रुपैयाँ पुुगेको थियो ।

दोस्रो कारोबार दिन नेप्से शुन्य दशमलव छ अंकले घटेर १५ सय १३ दशमलव ७४ अंकमा झरेको थियो भने सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य एक अंकले घटेर तीन सय १९ दशमलव १४ अंकमा कायम रहेको थियो । सो दिन कुुल एक सय ५९ कम्पनीहरुको छ हजार एक २३ वटा कारोबारमा १२ लाख ६७ हजार एक सय ९७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम ६५ करोड ७१ लाख १७ हजार आठ सय ४१ रुपैयाँ पुुगेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार १० दशमलव १२ अंकले बढेर १५ सय २३ दशमलव ८६ अंंकमा पुुगेको थियो भने सेन्सिटिभ पनि दुुई दशमलव ३२ अंकले बढेर तीन सय २१ दशमलव ४६ अंकमा कायम रहेको थियो । सो दिन कुुल एक सय ६३ कम्पनीहरुको चार हजार आठ सय ६२ वटा कारोबारमा नौ लाख ९९ हजार ६० कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम ५७ करोड २१ लाख ९९ हजार सात सय ५७ रुपैयाँ पुुगेको थियो ।

चौथौ कारोबार दिन बुधबार नेप्से १२ दशमलव २६ अंकले बढेर १५ सय ३६ दशमलव १२ अंकमा पुुगेको थियो भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि दुुई दशमलव ५७ अंकले बढेर तीन सय २४ दशमलव तीन अंकमा पुुगेको थियो । सो दिन कुुल एक सय ६३ कम्पनीहरुको आठ हजार एक सय १६ वटा कम्पनीहरुको २० लाख ४५ हजार चार सय ८६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम एक अर्ब चार करोड ६६ लाख ६१ हजार १५ रुपैयाँ पुुगेको थियो ।

साताको अन्तिम कारोबार दिन बिहिबार भने नेप्से एक दशमलव ५५ अंकले बढेर १५ सय ३७ दशमलव ६७ अंकमा पुुगेको थियो भने सेन्सिटिभ शुन्य दशमलव २३ अंकले बढेर तीन सय २४ दशमलव २६ अंकमा पुुगेको थियो ।

सो दिन एक सय ६४ कम्पनीहरुको छ हजार नौ सय ३३ वटा कारोबारमा १३ लाख ५२ हजार छ सय ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम ७४ करोड ६८ लाख ३९ हजार दुुई सय ९२ रुपैयाँ पुुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै