• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा आज कमाउने र गुमाउने समूह बराबर 

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्सेमा सामान्य गिरावट देखिएको छ  ।

नेप्से आज शुन्य दशमलव दुई अंकले घटेर ११ सय ७२ दशमलव ७८ विन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य आठ अंकले घटेर दुई सय ४८ दशमलव ६५ विन्दुमा झरेको छ । एक सय ५८ कम्पनीहरुको पाँच हजार तीन सय २७ वटा कारोबारमा आठ लाख ८२ हजार आठ सय १७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २७ करोड २२ लाख ८१ हजार तीन सय सात रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा कमाउने र गुमाउने समूह बराबर देखिएकाछन । सो मध्ये गुमाउने समूहमा परेको बाँणिज्य बैंक समूहको सूचक एक दशमलव ९९ अंकले घटेर नौ सय ९७ दशमलव तीन विन्दुमा झर्दा फाईनान्स समूहको सूचक शुन्य दशमलव ३६ अंकले घटेर छ सय १० दशमलव ९३ विन्दुमा झरेको छ ।

जलविद्युत, जीवन बीमा र लघुवित्त समूहको सूचक पनि घटेका छन् । बिकास बैंक समूहको सूचक भने आज दुई दशमलव दुई अंकले बढेर १४ सय ५९ दशमलव ४३ विन्दुमा चढ्दा निर्जिवन बीमा समूहको सूचक १७ दशमलव २७ अंकले बढेर पाँच हजार छ सय ८३ दशमलव १६ विन्दुमा चढेको छ । होटल, उत्पादनमुलक, अन्य समूहको सूचक पनि आज बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मूलय चार रुपैयाँ ८३ पैसाले बढेर २७ सय ३५ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनता बैंकको संस्थापक सेयरको मूलय आठ रुपैयाँ २६ पैसाले घटेर एक सय ११ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ७४ रुपैयाँ अन्तिम मूलयमा दुई करोड ९२ लाख नौ हजार छ सय २२ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै