• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा सामान्य ‘करेक्सन’, २२ करोडको सेयर किनबेच 

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज दुई दशमलव ७९ अंकले बढेर ११ सय ६४ दशमलव ८९ बिन्दुमा चढेको छ भने सेन्सिटिभ पनि शून्य दशमलव ६५ अंकले बढेर दुई सय ४७ दशमलव २५ बिन्दुमा चढेको छ ।

एक सय ६५ कम्पनीहरुको चार हजार पाँच सय ८२ वटा कारोबारमा आठ लाख ७१ हजार आठ सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २२ करोड ४३ लाख १६ हजार पाँच सय २७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा छ वटा समूहको सूचक बढेकाछन भने चार वटा समूहको सूचक घटेकाछन । यि मध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९९ अंकले बढेर नौ सय ८९ दशमलव ६३ बिन्दुमा चढ्दा बिकास बैंक समूहको सूचक आठ दशमलव ६१ अंकले बढेर १४ सय ५८ दशमलव एक बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि ७२ दशमलव चार अंकले बढेर पाँच हजार छ सय ६१ दशमलव ८१ बिन्दुमा चढ्दा जीवन बीमा समूहको सूचक १९ दशमलव ८६ अंकले बढेर छ हजार ५४ दशमलव तीन बिन्दुमा चढेको छ ।  फाईनान्स र लघुबित्त समूहको सूचक पनि आज बढेकाछन । जलबिद्युत, उत्पादमुलक, होटल र अन्य समूहको कारोबार सूचक भने आज ओरालो लागेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९२ पैसाले बढेर छ सय ९८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको हाथ्वे फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चाार रुपैयाँ ७२ पैसाले घटेर एक सय २१ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिभिल बैंकको संस्थारपक सेयरतर्फ प्रतिकित्ता एक सय १८ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ९५ लाख ५८ हजार तीन सय ८२ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै