• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा सुधार

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज एक दशमलव चार अंकले बढेर ११ सय ६१ दशमलव ६३ विन्दुमा चढ्दा सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेर दुई सय ४६ दशमलव ८० विन्दुमा चढेको छ ।

एक सय ६८ कम्पनीहरुको पाँच हजार तीन सय १३ वटा कारोबारमा नौ लाख सात हजार तीन सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २७ करोड ३३ लाख ८७ हजार चार सय ४३ रुपैया पुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा छ वटा समूहको कारोबार सूचक बढे पनि पाँच वटा समूहको कारोबार सूचक घटेका छन् । आज वाणिज्य बैंक समूहको सूचक कारोबार सूचक एक दशमलव १३ अंकले बढेर नौ सय ८९ दशमलव १४ विन्दुमा चढ्दा विकास बैंक समूहको सूचक  पनि पाँच दशमलव २७ अंकले बढेर १४ सय ५३ दशमलव १४ विन्दुमा चढेको छ । यसैगरी होटल समूहको सूचक एक दशमलव ५९ अंकले बढेर १७ सय २७ दशमलव ८७ विन्दुमा चढेको छ ।

यि बाहेक लघुबित्त, उत्पादनमुलक र अन्य समूहको सूचक  पनि बढेका छन् । जलबिद्युत समूहको सूचक भने शुन्य दशमलव ६९ अंकले घटेर १२ सय १८ दशमलव ८० विन्दुमा झरेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ र फाईनान्स समूहको सूचकमा  पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ४० पैसाले बढेर दुई सय ५८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७६ पैसाले घटेर एक सय ११ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २५ सय ७८ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ८८ लाख ९२ हजार एक सय ९७ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै