• २०८१ बैशाख १७ सोमबार

सेयरबजार ओर्लियो, सबै समूहका सूचक रातै 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से आज १० दशमलव ६८ अंकले घटेर ११ सय ६२ दशमलव नौ विन्दुमा झर्दा सेन्सिटिभ दुई दशमलव छ अंकले घटेर दुई सय ४६ दशमलव ५९ विन्दुमा झरेको छ ।

एक सय ६४ कम्पनीहरुको छ हजार सात सय ३० वटा कारोबारमा ११ लाख ८५ हजार आठ सय ७२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३४ करोड तीन लाख ७१ हजार एक सय २७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा १० वटै समूहको सूचक ओरालो लाग्दा बजार रातै भएको छ । वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ३९ अंकले घटेर नौ सय ८८ दशमलव ६४ विन्दुमा झर्दा विकास बैंक समूहको सूचक पनि १० दशमलव तीन अंकले घटेर १४ सय ४९ दशमलव ४० विन्दुमा झरेको छ । यसैगरी जलबिद्युत समूहको सूचकपनि १६ दशमलव ४१ अंकले घटेर १२ सय ३९ दशमलव ४१ विन्दुमा झरेको छ । लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमुलक र लघुबित्त समूहको सूचकमा पनि गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको समता माइक्रोफाइनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ७८ पैसाले बढेर १२ सय ६४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छ्याङदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ५४ पैैसाले घटेर एक सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा अग्रस्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ६८ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १२० लाख ८४ हजार पाँच सय २१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै