• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा १९ करोडको मात्रै सेयर किनबेच

kharibot

काठमाडौं । साताको चौँथो कारोबार दिन आज बुधबार पनि नेप्से घटेको छ । नेप्से शून्य दशमलव चार अंकले घटेर ११ सय ६० दशमलव ५९ विन्दुमा झर्दा सेन्सिटिभ भने शून्य दशमलव २८ अंकले बढेर दुई सय ४६ दशमलव ७५ विन्दुमा चढेको छ ।

एक सय ६८ कम्पनीहरुको चार हजार छ सय वटा कारोबारमा पाँच लाख ७२ हजार सात सय ७५ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम १९ करोड २० लाख ९४ हजार चार सय ९२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएको छ वटा समूहको सूचक घटेका छन् भने पाँच वटाको बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको कारोबार सूचक एक दशमलव ५५ अंकले बढेर नौ सय ८८ दशमलव एक विन्दुमा चढ्दा होटल समूहको सूचक पाँच दशमलव ६९ अंकले बढेर १७ सय २५ दशमलव ९८ विन्दुमा चढेको छ ।

लघुबित्त, अन्य र टे«डिङ समूहको सूचक पनि पनि बढेका छन् । बिकास बैंक समूहको सूचक भने सात दशमलव सात अंकले घटेर १४ सय ४७ दशमलव ८७ विन्दुमा झर्दा जलबिद्युत समूहको सूचक छ दशमलव पाँच अंकले घटेर १२ सय १९ दशमलव ४९ विन्दुमा झरेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र उत्पादनमुलक समूहको सूचकपनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको उन्नती माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ १४ पैसाले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ एक पैसाले घटेर एक सय २५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २७ सय १७ रुपैयाँमा दुई करोड २९ लाख ९३ हजार नौ सय पाँच रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै