काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
आइतबार भएको खेलमा आर्सनलको जितमा नाचो मोनरियल र इओबीले गोल गरेका थिए ।
खेलको १६औ मिनेटमा नाचोले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने इओबीले खेलको ५६औ मिनेटमा गोल गर्दो २-० को अग्रता दिलाएका थिए । जितसँगै आर्सनल ७ खेलमा १३ अंक सहित लिगको ५औ स्थानमा रहेको छ ।