• २०८१ बैशाख २१ शुक्रबार

म्यान्चेस्टर युनाइटेडको प्रिमियर लिगमा विजयी यात्रा जारी, फेलानीले गरे २ गोल 

kharibot

ईङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

युनाइटेडको घर्लु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा फेलानीले २, माटा र लुकाकुले एक एक गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि फेलानीले खेलको ३५औ मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

खेलको ४९औ मिनेटमा फेलानिले युनाइटेडका लागि तेस्रो गोल गरे भने लुकाकुले ८६औ मिनेटमा गोल गर्दै युनाइटेडलाई ४-० को अग्रता दिलाएका थिए ।

युनाइटेडका लुकाकुले आफ्नो पहिलो ७औ प्रिमियर लिग खेलमा ७ गोल गरेका छन् भने खेलमा मार्कोस राशफोर्डले २ गोलमा सहयोग गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै