• २०८१ बैशाख २१ शुक्रबार

आर्सनलका म्यानेजरलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग क्लब आर्सनलका म्यानेजर माइक आर्टेटामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । 

आर्सनलले म्यानेजर आर्टेटाको टेस्ट पोजेटिभ देखिएको जानकारी दिदै क्लबको ट्रेनिङ सेन्टरहाललाई बन्द गरिएको जानकारी दिएको छ ।

अहिले म्यानेजर आर्टेटासँग सम्पर्कमा आएका मानिसहरुसमेत सेल्फ आइसोलेसनमा रहेको जानकारी आर्सनलले दिएको छ ।

त्यस्तै प्रिमियर लिग क्लब लेस्टर सिटीका तीन खेलाडीमा समेत कोरोना संक्रमणको आशंका गरिएको छ ।

कोरोनाको संक्रमण खेलाडीहरुमा समेत देखिन थालेपछि प्रिमियर लिग समेत स्थगित गर्ने बारे शुक्रबार निर्णय हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै