• २०८१ बैशाख १७ सोमबार

दशैँ तिहारको अवसरमा एनआइसी एशिया बैंकको घर कर्जा  योजना 

kharibot

काठमाडौँ । एनआइसी एशिया बैंकले दशैँ तिहारको अवसरमा घर कर्जा  योजना ल्याएको छ ।

उपयुक्त गासँ, बास र कपासको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुने हुनाले सोही विषयलाई मध्यनजर गर्दै यस एनआईसी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको बैंकले जनाएको छ । 

बैंकले ‘एनआईसी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको गरेको बैंकले जनाएको छ । 

यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर(शुल्क नलाग्ने बैंकले जनाएको छ ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुने छ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन । कर्जाका लागि अनलाइनबाटै बैंकको वेभसाइट मार्फत कर्जाको इलिजिबिलीटि रकम जाँच गरी आवेदन दिन सकिनेछ । 

यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्म लोन र ओभर ड्राफ्ट  कर्जा प्रदान गरिनेछ ।  यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुनेगरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त फ्लेक्जिबल विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाका कम्बो प्रोडक्टको रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ । यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क÷दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने बैंकले जनाएको छ  ।

उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको  होम लोन प्रोडक्ट जारी गर्ने एनआईसी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक हो र यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विस्वास लिएको छ ।

‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण ग्राहकलाई आव्हान गरेको छ ।

त्यस्तैगरी बैंकले समुन्नती बचत खातामा वार्षिक ९ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटिएम सञ्जालहरु सञ्चालनमा छन् । शाखा सञ्जाल, ग्राहक आधार र वासलातको आकार लगायतको दृष्टिकोणले एनआईसी एशिया बैंक देशकै अग्रणी बैंक मध्ये एक हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै