• २०८१ बैशाख १७ सोमबार

एनआइसी एशिया बैंक सार्क राष्ट्रकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

kharibot

काठमाडौं । एन आइ सी एशिया बैंक साउथ फेडरेशन अफ एकाउनन्टेन्टस् (सफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स् - सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ।

बैंकलाई मंगसिर १४ गते शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोह बीच सम्मानित गरिएको हो।

सार्क राष्ट्रहरुको लेखा पेशालाई निएमन गर्ने निकाएहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्किष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ।

सोही क्रममा इन्स्टिट्युट अफ चार्टड एकाउन्टस् अफ नेपाल (ICAN) बाट २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंक, सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्धेबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ।

मंगसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहामा बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गरेका हुन्। यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय परदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ।

यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ।

बैंकलाई आमाजनामसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एतिएम, ९२ वटा एक्सटेन्सन काउन्टर एवंम ४३ वटा शाखारहित बैंकिंगमार्फत बैंकिंग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा संजाल भएको बैंक हुन सफल भएको छ।

करिब १९ लाख ग्राहकहरुको साथ संचालनमा रहेको यस बैंकक प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैंकिंगको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैया भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसाकेको छ भने  वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संथाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरि संचालन गर्दै आएरहेको बैंकका प्रमुख सुचना अधिकारि सुधिर नाथ पाण्डेले जानकारी दिए।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै