काठमाडौँ। मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्।
मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि शतकीय पारी खेलेका हुन्।
सागरले आफ्नो शतकीय पारीमा ११८ बल खेल्दै ९ चौका प्रहर गरेका थिए। । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सगरको शतकसहित ३०५ रन बनाएको छ ।
क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन बनाए। ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।
सेलाङ्गोरविरुद्धको यो खेल क्वालाम्पुरले खेल १२२ रनले जितेको छ।
यस खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४४२ रन बनाएर मलेसियन प्रिमियर लिगमा अहिएलेसम्म सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहेका छन् । साथै सागरले ९ खेलमा ९ विकेट पनि लिएका छन्।
सागर खेलेको टिम क्वालालाम्पुर मलेसियन प्रिमियर लिगको अंक तालिकामा पनि शिर्ष स्थानमा रहेको छ।