• २०८१ बैशाख १५ शनिबार

मुल्तान पुग्यो नेपाली क्रिकेट टिम

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप हुने पाकिस्तानको शहर मुल्तान पुगेको छ । मुल्तानमा नेपाली क्रिकेट टिमलाई भव्य स्वागत गरिएको छ ।

नेपाली क्रिकेट टिम भदौ ६ गते पाकिस्तानको कराँची पुगेको थियो । कराँचीमा नेपाली टिमले केहि दिनको अभ्यासपछि मुल्तान पुगेको हो ।

एसिया कपको पहिलो खेलमा नेपालले आगामी बुधबार पाकिस्तानको सामना गर्दै छ । एशिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ ।

यसअघि टिमसँग नगएका नेपाली स्पीनर सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन् । सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ तोकिएपछि सन्दीपलाई एशिया कप खेल्न जाने बाटो खुलेको हो ।

एसिया कप खेल्ने नेपाली टिम:  रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै