• २०८१ बैशाख १७ सोमबार

नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै 

kharibot

काठमाडौँ।  सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर र विदेशका ३० देशमा समेत विरोध प्रदर्शन गर्दै छ । 

कांग्रेसले आज देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दैछ  । सरकार अधिनायकवादउन्मुख हुँदै गएको भन्दै सचेत गराउन विरोध प्रदर्शन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएक छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा गर्न लागेको शर्माले जनाए ।

विदेशमा सोही दिन वा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ । आफ्नो अनुकूलमा ती देशका नियम–कानुनभित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिनअघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको नेपाली काँग्रेसले जनाएको छ  ।

कांग्रेसले गोविन्द केसीसँगका समझदारी कार्यान्वयन, महँगी नियन्त्रण, निषेधाज्ञाको विरोध, सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाको कार्यान्वयनलगायत विषय उठाउन निर्देश गरेको छ । विरोध प्रदर्शनपछि दूतावासमा ध्यानाकर्षणपत्र बुझाउने तयारी कांग्रेसको छ ।

कांग्रेसले एकैपटक गर्न लागेको विरोध प्रदर्शनमा केन्द्रीय कार्यालयले नेतालाई खटाएको छैन । तर, पनि नेताहरू आफूअनुकूलका जिल्लामा जाने तयारीमा छन् । नेता रामचन्द्र पौडेल तनहुँमा गरिने विरोधसभामा जाँदै छन् भने कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा झापाको चन्द्रगढीमा हुने विरोधसभामा सहभागी हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै