बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल भित्रै ट्रकले किचेर एक जनाको मृत्यु भएको छ ।
शनिवार राती करिब १०ः३० बजेको समयमा उद्योग भित्र कच्चा पदार्थ अनलोड गरी फर्किदै गरेको ना.४.ख.१९६६ नम्बरको ट्रकले सोहि उद्योगमा कार्यरत सुरक्षा गार्ड जीतपुरसिमरा उपमाहानगरपालीका २ निवासी ४५ बर्षिय उदय बहादुर खत्रीलाई ठक्कर दिदा उनको घटना स्थल मैं मृत्यु भएको हो ।
ठक्कर दिने ट्रकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको चालक फरार रहेको तथा उनको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले जानकारी दिएका छन् ।