• २०८१ बैशाख १७ सोमबार

ट्राफिक प्रहरीले सुरु गर्यो सचेतनामूलक कार्यक्रम

kharibot

बारा । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया , बाराले बुधवारबाट सवारी निरिक्षण तथा सचेतना कार्यक्रम सुरु गरेको छ ।
सड्क प्रयोगकर्ताहरुमा सुरक्षित सड्क प्रयोग सम्बन्धि सचेतनाको अभाव र सवारी साधनको यान्त्रिक गतिविधी दुरुस्त नराख्दा दुर्घटना बढेको भन्दै ट्राफिकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
प्रत्येक दुई सातामा प्रदेश २ को राजमार्गहरुमा नियमित कार्यक्रम गरिने कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी सहिँत सवारी प्राविधिक समेत रहेको उक्त कार्यक्रममा करिब पाँच सय १८ वटा विभिन्न सवारीका साधनहरुको यान्त्रिक गतिविधी चेकजाँच गरिएको थियो ।

भने कार्यक्रम सहभागि ट्राफिक प्रहरी तथा प्राविधिकहरुले सवारी चालक तथा यात्रुहरुलाई सुरक्षित यात्राको लागि परामर्श समेत दिएका थिए । 
दुर्घटना न्यूनिकरणका लागि आफ्नों टोली सहिँत कार्यक्रममा सभागि भएका प्राविधिक एम.बी.दुगड ग्रुप बिवेक अटो मोबाईल प्रालिका मर्मत सम्भार बारा शाखा प्रमुख अजित कुमार मिश्रले चेकजाँचमा परेका अधिकांश सवारीका साधनहरुको टायर कमजोर रहेको र क्षमता भन्दा बढी यात्रु बोकेको तथा सवारीलाई चुस्त दुरुस्त नराखेको पाईएको बताएका छन् ।
बिगतमा जस्तो ट्राफिक प्रहरीले दण्ड जरिवाना नगरी यान्त्रिक अवस्थाको निरिक्षक गरेर सचेत गराउँने , सुरक्षित यात्राका लागि चालक र यात्रुलाई सचेत बनाउँने अभियानको रुपमा प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले फरक ढंङ्गबाट कार्यक्रमको आयोजना गरेको हो ।

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य नैं हाम्रो कार्यक्रमको प्रमुख लक्ष्य भएको बताउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यले यस्ता कार्यक्रमको सफलता तथा यात्रुहरुबाट प्राप्त सकारात्मक सुझावका कारण कार्यक्रमलाई बिस्तार र निरन्तरता दिन सकिने बताईन् ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक मीरा चौधरी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै