• २०८१ बैशाख १७ सोमबार

विवादका बीच अमेरिकाका राष्ट्रपति ट्रम्प पहिलो पटक बेलायत भ्रमणमा

kharibot

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमणमा रहेका छन् । 

उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन् । 

ट्रम्पलाई बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गरेकी छन् । 

अमेरिकी राष्ट्रपतिका रूपमा उनले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ । 

दशौँ हजार प्रदर्शनकारीहरूले उनको भ्रमणका विरुद्धमा प्रदर्शन गरेका छन् । ट्रम्पको यस भ्रमणमा अमेरिका बेलायत बीचको व्यापार सम्झौता हुने नहुने अन्योलमा रहेको मिडिया रिपोर्टमा बताइएको छ । बेलायत युरोपेली युनियनबात बाहिरिने तयारीमा रहेका बेला ट्रम्पको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

लन्डनमा ट्रम्पले हालै राजीनामा दिएका बेलायतका विदेशमन्त्री बोरिस जोनसन बेलायतको राम्रो प्रधानमन्त्री हुने भन्दै टिप्पणी गरेका छन् । ट्रम्पले युरोपेली युनियनबाट बेलायत अलग भएमा त्यो बेलायत र अमेरिकाका लागि राम्रो हुने प्रतिक्रिया दिएका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै