• २०८१ जेठ २ बुधबार

सिल्भाले चेल्सी छोड्दै

kharibot

काठमाडौँ । ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् ।

उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् ।

उनी २०२० मा पिएसजीबाट फ्री- ट्रान्सफरमा चेल्सी आएका थिए ।

चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफुले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन् । भावुक हुदै सिल्भाले आफु कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे ।

सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए । यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै