• २०८१ जेठ २ बुधबार

असार ७ देखि प्रदर्शन हुने भयो पूजा शर्माको ‘दान्भी’

kharibot

काठमाडौँ । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै