काठमाडौँ । नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले केसीका जायज मागप्रति ऐक्यबद्धता जनाउँर्दै आजदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिएको बताए ।
संघले प्रा डा केसीको स्वास्थ्यस्थिति बुझी प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल जुम्ला पठाउने निर्णय गरेको छ ।