• २०८१ बैशाख १५ शनिबार

गेटामा अवरोधपछि धनगढीस्थित धर्मशालाबाट डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

kharibot

धनगढी । डा. गोविन्द केसीले सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन् ।

डा. केसीले धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन् ।

त्यसअघि उनी गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले प्रतिष्ठानको विषय मागमा नराख्न आग्रह गर्दै सत्याग्रह नदिएपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन् ।

सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन् । सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट केसी धनगढी पुगेका थिए ।

स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क-सस्तो सुलभ स्वास्थ्य  सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको केसीले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै