भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनी भारतका एक चर्चित क्रिकेट खिलाडी हुन् । उत्कृष्ट ब्याटिंग तथा विकेट किपिङका सारथि धोनीको करोडौ फ्यान छन् ।
धोनीले ४६ वर्षसम्म कुनै पनि क्रिकेट खेलाडीले गर्न नसकेको काम केवल ३६ वर्षमै पूरा गरेर देखाए । उनले वान डे क्रिकेट खेलमा एक सय स्टम्प गरेर आफूलाई विश्वमै पहिलो विकेटकिपर बनाए । श्रीलंकाविरुद्ध भएको पाँचौं अन्तिम वान डे खेलमा धोनीले उक्त रेकर्ड कायम गरेका थिए । जसको कारणले धोनीले थुप्रै चर्चा कमाए । यहाँ धोनीको व्यक्तिगत जीवनबारे रोचक कुरा गर्न खोजिएको हो ।
व्यतिगत जीवन भन्नासाथ मानिसको प्रेम अनि विवाह आइहाल्छ । आखिर धोनीको आफूभन्दा ७ वर्ष कान्छी युवतीसंग कसरी प्रेम बस्यो होला १ महेन्द्र सिंह धोनीले ४ जुलाई २०१० मा साक्षी रावतसंग विवाह गरेका थिए । उनीहरुको विवाह अहिले ७ वर्ष पुगिसकेको छ । धोनी र साक्षीको गज्जबको प्रेम कथा रहेको छ । धोनी र साक्षीबीच प्रेम युवा अवस्था र एक अर्कालाई जान्ने बुझ्ने भएदेखि नै उनीहरुमा राम्रो चिनजान थियो ।
धोनी र साक्षीका बुवा भारतको राँचीमा एउटा कम्पनीमा काम गर्दथे । एक अर्कासँग चिनजान भएकाले परिवारबीच ओहोरदोहोर चलिरहन्थ्यो । यसका साथैं उनीहरु एउटै स्कुलमा समेत पढ़दथे । केही समयपछि साक्षीको परिवार देहरादुन सर्यो । बसाई सरेपछि उनीहरुबीच न भेटघाट भयो न त कुनै फोन सम्पर्क नै भयो । दुवै जना सम्पर्कविहीन थिए ।
सन २००७ सालको अन्तिमतिर कलकत्ताको ताज बंगाल होटलमा उनीहरुको भेट भयो जहाँ साक्षी इन्टर्नसिप गर्थिन् भने धोनी आफ्नो क्रिकेट टीमका साथ कलकत्ता गएका थिए । संयोगले क्रिकेट टीम पनि त्यसै होटलमा बसेको थियो, जुनमा साक्षी इन्टर्नसिप गर्थिन् । साक्षीको इन्टर्नसिपको अन्तिम दिन थियो । जुन दिन उनले धोनीलाई भेटेकी थिइन् । होटलका म्यानेजरले साक्षी र धोनीको भेट गराएका थिए ।
साक्षी होटेलबाट घर गइसकेपछि धोनीले म्यानेजरसंग साक्षीको नम्बर मागे र साक्षीलाई म्यासेज गरे । सुरुमा साक्षीलाई धोनी उनीसंग मजाक गर्दै छन्, जस्तो लागेको थियो । तर जब उनले धोनी भारतीय क्रिकेट टीमका कप्तान हुन् भन्ने थाहा भयो तब उनले पत्याउन थालिन् । यसैबीच दुवैबीच कुराकानी चल्न थाल्यो । कुराकानी चलेको करिब दुई महिना पछि २००८ मार्चमा दुवैले डेट गर्न थाले । त्यसै वर्ष साक्षी धोनीको जन्मदिनको पार्टीमा समेत सहभागी भइन् ।
सन् ३ जुलाई २०१० मा देहरादुनको एक होटलमा दुवैले इन्गेज्ग्मेंट गरे । ४ जुलाई २०१० मा देहरादुननजिकै रहेको विश्रान्ती रिसोर्टमा उनले धुमधामसंग विवाह गरे । उनको विवाहको पार्टीमा थुप्रै खेलाडी र बलिउड हस्तीहरु समेत सहभागी भएका थिए ।
६ फेब्रुअरी २०१५ मा उनले एक छोरी पाए । दुवै एक बच्चाका अभिभावक बने । उनकी छोरीको नाम जीवा हो । साक्षी धोनीभन्दा ७ वर्ष कान्छी हुन् । धोनी ३६ वर्षका हुन् भने साक्षी २८ वर्षकी ।
एजेन्सीको सहयोगमा