• २०८१ बैशाख २२ शनिबार

ट्रम्पसँग गल्फ खेल्दै धोनी

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टोलीका महान् कप्तान मध्येका एक महेन्द्र सिंह धोनीका भारतमा मात्रै नभई विश्वभरका फ्यान छन् । धोनीले क्रिकेटमा धेरै उपलब्धि हासिल गरेका छन् ।

उनी एकदिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी जित्ने एकमात्र कप्तान हुन् । धोनीलाई क्रिकेट मात्र मन पर्छ भन्ने होइन । यो खेल बाहेक उनलाई अन्य धेरै खेल पनि मन पर्छ । धोनीको पहिलो प्रेम फुटबल हो । यसबाहेक उनी टेनिस र गल्फ खेल्ने मौका पनि गुमाउँदैनन् । चेन्नई सुपर किंग्सका कप्तान हालै युएस ओपन टेनिस प्रतियोगितामा कार्लोस अल्काराजको खेल हेर्न पुगेका थिए । 

अहिले धोनीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको गल्फ खेलेको तस्बिर भाइरल भइरहेको छ ।

अमेरिकामा रहेका धोनीले पूर्व राष्ट्रपति ट्रम्प पनि देखिएका थिए । दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । पूर्व भारतीय कप्तानलाई पूर्व अमेरिकी राष्ट्रपतिले ट्रम्प नेशनल गल्फ क्लब, बेडमिन्स्टरमा गल्फ खेल्न आमन्त्रित गरेका थिए ।

धोनीका नजिकका सहयोगी र व्यापारी हितेश संघवीले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखे, 'धोनी, डोनाल्ड ट्रम्प र राजीव नाइकसँग गल्फ । हामीलाई होस्ट गर्नुभएकोमा पूर्व राष्ट्रपतिलाई धन्यवाद ।'

इन्स्टाग्राममा एक भिडियो पनि सार्बजनिक भएको छ जसमा ट्रम्प र धोनी दुबैसँगै गल्फ खेल्दै देखिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै