• २०८१ बैशाख २२ शनिबार

धोनीले छोडे चेन्नईको कप्तानी, गायकवाड बने नयाँ कप्तान

kharibot

काठमाडौँ । महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग (आइपीएल) टिम चेन्नई सुपर किंग्सको कप्तानी छोडेका छन् । चेन्नईले आइपिएल शुरु हुनु एक दिन अघि कप्तान परिवर्तनको घोषणा गरेको छ ।

चेन्नईले धोनीको ठाउमा २७ वर्षीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाडलाई कप्तानीको जिम्मेवारी दिएको छ । गायकवाड चेन्नईको चौथो कप्तान बनेका छन् । यसअघि धोनी, सुरेश रैना र रविन्द्र जडेजाले चेन्नईको कप्तानी सम्हाली सकेका छन् ।

चेन्नईले एक विज्ञप्ति जारी गर्दै भनेको छ- - 'धोनीले आइपिएल- २०२४ सुरु हुनु अघि चेन्नई सुपर किंग्सको कप्तानी रुतुराज गायकवाडलाई सुम्पेका छन् । गायकवाड २०१९ देखि चेन्नई सुपर किंग्सको हिस्सा छन् र यस अवधिमा आईपीएलमा ५२ खेल खेलेका छन् ।'

यस सिजनको उद्घाटन खेल शुक्रबार एमए चिदम्बरम स्टेडियममा चेन्नई र बैंगलोरबीच हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै