• २०८१ बैशाख २२ शनिबार

आजदेखि आइपिएल शुरु हुदै, उद्घाटन खेलमा धोनी र कोहली आमने सामने

kharibot

काठमाडौँ । आजदेखि इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजन शुरु हुदै छ । यस सिजनको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दै छन् 

चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुदै छ ।

चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले अभ्ने अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन ।

यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन् । विहिबार चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनएको घोषणा गरेको छ ।

चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ । उनको यो आइपिएलमा डेभ्यु सिजन हुनेछ । उनी चेन्नईका लागि यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ र उनी बैंगलोरका लागि यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।

आइपिएल– २०२४ को २१ खेलको तालिका गत महिना सार्वजनिक गरिएको थियो । आमनिर्वाचनका कारण यस सिजनको पूर्ण कार्यतालिका अझै सार्वजनिक भएको छैन । पहिलो चरणमा चैत २२ देखि वैशाख ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ । यस अवधिमा, १७ दिनमा २१ खेलहरू खेलिनेछन्, जसमा ४ डबल हेडरहरू (एक दिनमा दुई खेलहरू) समावेश छन्।

चेन्नईको टिम-

रुतुराज गायकवाड (कप्तान) महेन्द्र सिंह धोनी, मोइन अली, अराभेली अभानिश, दीपक चहर, डेभोन कोनवे, तुसार देसपाण्डे, शिभम दुवे, राजवर्धन हंगारगेरकर, रविन्द्र जडेजा, अजय मण्डल, डार्यल मिचेल, मुकेश चौधरी, मुस्ताफिजुर रहमान, मथीसा पथिराना, अजिख्य रहाने, शैक रसीद,  रचिन रविन्द्र, समीर रिजवी, मिचेल सान्टनेर, सिमरजित सिंह, निशान्त सिन्धु, प्रशान्त सोलंकी, श्रदुल ठाकुर र महीस थीकक्षना ।

बैंगलोरको टिम-

फाफ डु प्लेसिस (कप्तान), आकास दीप, अनुज रावत, मनोज भन्डागे, सौरभ चौहान, टम कुरान, मयंक डगार,  लुकी फर्गुसन, क्यामरुन ग्रीन, विल ज्याक, अल्जारी जोसेप, दिनेश कार्तिक, विराट कोहली, महिपाल लोमरोर, ग्लेन म्याक्सवेल, मोहमद सिराज, रजत पाटीदार, सुयश प्रभुदेसाई,  राजन कुमार, हिमांशु शर्मा, कर्ण शर्मा,  स्वप्निल सिंह, रीच टोपले, विजयकुमार वयष्क र यस दयाल ।

आइपिएलमा यस सिजनमा पनि १० फ्रेन्चाईजी खेल्दै छन् । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरसहित मुम्बई इण्डियन्स, पञ्जाव किंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद, लखनउ सुपर जाइन्ट, गुजरात टाइटन्स, कोलकोता नाइटराइडर्स र राजस्थान रोयल्स रहेका छन् ।

उद्घाटन कार्यक्रममा बलिवुड सेलिब्रेटी प्रस्तुति 

आइपीएल २०२४ को उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएकाछन् । आईपीएलले उद्घाटन कार्यक्रमको जानकारी दिदै यो समारोह २२ जनवरीमा साँझ ६:३० बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल अघि चेन्नईमा हुनेछ ।

यसअघि बलिउड स्टार शाहरुख खान, सलमान खान र अमेरिकी गायक पिटबुल, कट्रिना कैफ, करीना कपूर र दीपिका पादुकोणले पनि आईपीएलमा परफॉर्म गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै